रुससँग ‘ऊर्जा युद्धविराम’ का लागि वार्ता गर्न युक्रेन तयार

एजेन्सी, ७ असोज । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुससँग ‘ऊर्जा युद्धविराम’ (इनर्जी सिजफायर) का विषयमा वार्ता गर्न युक्रेन खुला रहेको बताएका छन् ।

संयुक्त राष्ट्रसंघको महासभाका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यो प्रस्ताव रुसी प्रशासनिक केन्द्र क्रेमलिनसमक्ष पुर्‍याउन अमेरिका सहमत भएको जानकारी दिए ।

पछिल्लो समय रुस र युक्रेन दुवैले एकअर्काका पूर्वाधारहरू लक्षित गरी आक्रमण तीव्र पारेका छन् । यी आक्रमणहरू विशेष गरी ऊर्जा उत्पादन केन्द्र, यातायात संरचना र प्रमुख आपूर्ति (लजिस्टिक) केन्द्रहरूमा केन्द्रित छन् ।

राष्ट्रपति जेलेन्स्कीले अमेरिकासँग ‘प्याट्रियट’ क्षेप्यास्त्र माग गरेको बताए। साथै उनले दीर्घकालीन रूपमा सुरक्षाको प्रत्याभूति (ग्यारेन्टी) का साथै युक्रेनले आफ्नै प्याट्रियट क्षेप्यास्त्र उत्पादन गर्न पाउने गरी इजाजतपत्र (लाइसेन्स) दिन पनि अमेरिकासँग आग्रह गरेका छन् ।

बैठकपछि सामाजिक सञ्जाल ‘एक्स’ मा एक पोस्ट गर्दै राष्ट्रपति जेलेन्स्कीले युक्रेन र अमेरिका दुवै पक्ष यो युद्ध ‘हिउँद सुरु हुनुअघि नै अन्त्य होस्’ भन्ने चाहना राखेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र

काठमाडौँ, २७ भदौ । यूएईविरुद्ध ४४ रनको जित निकाल्दै नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बनेको छ । यससँगै नेपाल एसीसी एसिया