सेयर बजार ७.०६ अंकले बढ्यो

काठमाडौँ, ६ असोज । आज सेयर बजार ७.०६ अंक बढेको छ ।

यो वृद्धिपछि नेप्से परिसूचक २६५४ अंकमा कायम भएको छ । कारोबार रकम बढेको छ । अघिल्लो दिन ६ अर्ब ७४ करोडको कारोबार भएकोमा आज ७ अर्ब ४ करोडको भयो ।

आज अन्य समूहमा आकर्षण देखिएको छ । यो समूह सूचक सबैभन्दा धेरै १.३६ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.३५, विकास बैंक ०.४३, होटल तथा पर्यटन ०.३१, लगानी ०.४८, जीवन बीमा ०.८२, माइक्रोफाइनान्स ०.४८ प्रतिशत बढे ।

फाइनान्स ०.५२, जलविद्युत् ०.१४, उत्पादन तथा प्रशोधन ०.२४, निर्जीवन बीमा ०.०२, व्यापार ०.९३ प्रतिशत घटे । आज १३७ कम्पनीको मूल्य बढ्दा १३१ को घटेको छ । ११ कम्पनीको स्थिर रह्यो ।

मिडसोलु हाइड्रोपावरको मूल्य १५, फर्स्ट माइक्रोफाइनान्सको ७.७५, मैलुङखोला जलविद्युतको मूल्य ५.६३, मान्डु हाइड्रोपावरको ५.४३ प्रतिशत मूल्य बढ्यो ।

स्नो रिभर्सको ८.२३, नारायणी डेभलपमेन्ट बैंकको ६.९६,ब बोटलर्स नेपाल बालाजुको ६.७५, इनिफिनिटी लघुवित्तको ५.६४ प्रतिशत मूल्य घट्यो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । बजारमा अनारको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकका

काठमाडौँ, ६ असोज । पाँचथरमा इन्सास राइफलको गोली, बारुद र खुकुरीसहित एक जना पक्राउ परेका छन् । पाँचथर प्रहरीका अनुसार कुम्मायक

काठमाडौँ, ६ असोज ।कैलालीमा एक युवकमाथि खुँडा प्रहार भएको छ । प्रहरीका अनुसार टीकापुर नगरपालिका–७ बेलुवाको एक होटलमा सोमबार राति

काठमाडौँ, ६ असोज । जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरोविरुद्धको खोप अभियानको पहिलो दिन झापामा २१ हजार ७४६ जनाले खोप लगाएका