असोज महिनाभित्रै ‘ई–बिडिङ’ सुचारु हुन्छ : मन्त्री लम्साल

काठमाडौँ, ५ असोज । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आगामी असोज महिनाभित्रै विद्युतीय खरिद प्रणाली (ई–बिडिङ) सुचारु हुने बताएका छन् ।

आज संसदीय समितिको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले पुरानो प्रणालीमा सुरक्षा चुनौती देखिएको र दातृ निकायले समेत अविश्वास गरेकाले हाललाई प्रणाली अपग्रेडको काम भइरहेको बताए ।

उनले विगतमा धेरै ठेक्काहरू ह्याक भएको पाइएपछि विद्युतीय खरिद प्रणालीलाई तत्कालका लागि अघि बढाउन नसकिएको स्पष्ट पारे। उनले भने, ‘वैशाखदेखि नै हाम्रो समानान्तर प्रणाली बनिरहेको थियो र पुरानो चलिरहेको पनि थियो,’ ‘तर, प्राविधिक प्रतिवेदन आएपछि त्यसलाई अघि बढाउन सकिएन ।’

नयाँ र सुरक्षित प्रणाली नबन्दासम्म अबको एक महिना ठेक्कापट्टाका कामहरू हार्ड कपिबाटै गर्नुपर्ने बाध्यता रहेको उनले बताए। नेपालको विद्युतीय खरिद प्रणालीप्रति एसियाली विकास बैंक (एडीबी) र विश्व बैंक जस्ता ठुला दातृ निकायले समेत विश्वास नगरेको मन्त्री लम्सालले खुलासा गरे।

‘एडीबी र विश्व बैंकले हाम्रो प्रणालीमा विश्वास नगरेर हार्ड कपिमै काम गरिरहेको अवस्था छ,’ उनले भने, ‘त्यसैले पनि हामीले हाम्रो खरिद प्रणालीलाई अपग्रेड गर्नैपर्ने अवस्था आयो ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट असोजको दोस्रो साताभित्र प्रदेश सभामा पेस

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ५ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate