फिल्म ‘कबड्डी ५’ को प्रदर्शन मिति घोषणा

काठमाडौँ, ३ असोज । फिल्म ‘कबड्डी ५’ को प्रदर्शन मिति घोषणा भएको छ ।

यो फिल्म दशैं बिजयादशमीको ठीक दुई दिनपछि देशब्यापी प्रदर्शनमा आउने भएको छ ।

निर्माण कम्पनी बाँसुरी फिल्म्सले शुक्रबार पोस्टर सार्वजनिक गर्दै फिल्मलाई ६ कात्तिक (२३ अक्टोबर)मा रिलिज गर्ने घोषणा गरेको हो । पोस्टरमा शीर्ष तीन कलाकार दयाहाङ राई, विजय बराल र बुद्धि तामाङलाई देख्न सकिन्छ ।

रामबाबु गुरुङ निर्देशित ‘कबड्डी ५’को शीर्षक राखिएको छ- ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच ।’ फिल्मलाई सेभेन सिज इन्टरनेसनलले विश्वब्यापी वितरण गर्दैछ । फिल्ममा विपिन कार्की, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुस्कर गुरुङ, कविता आले, अरुणा कार्की, शिशिर बाङदेल, माओत्से गुरुङ, कमलमणी नेपाल, विष्णु मोक्तान लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असाेज । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको नयाँ डिजाइन तथा फरक विशेषतासहितको बैंकनोट प्रचलनमा ल्याएको छ। राष्ट्र बैंकको

काठमाडौँ, २ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३६ सय रुपैयाँले