काठमाडौँ, २ असोज । फिल्म ‘बेहुली’को कमाइ २ करोड २७ लाख रुपैयाँ ग्रस गरेको छ ।
पहिलो साता सुखद ब्यापार गर्दै शुक्रबारदेखि दोस्रो सातामा प्रदर्शनलाई निरन्तरता दिएको छ । निर्माता अर्जुन पोखरेलका अनुसार अहिलेसम्म फिल्मले २ करोड २७ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ ।
यद्यपि, फिल्मको औपचारिक कमाइ भने चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गर्नेछ । फिल्म चलिरहँदा कलाकार पारस बम र दिब्या रायमाझी विभिन्न ठाउँमा पुगेर दर्शकलाई भेटिरहेका छन् । यसैबीच, यो फिल्म शुक्रबारदेखि अमेरिका, अस्ट्रेलिया र मध्यपूर्वका विभिन्न देशमा पनि प्रदर्शनमा आएको जनाइएको छ ।





