पाकिस्तानमा बम विस्फोट हुँदा ६ सैनिकको मृत्यु

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु भएको छ ।

घटनापछि सुरक्षा बलले गरेको छुट्टाछुट्टै कारबाहीमा पाकिस्तानी तालिवानका सदस्य रहेको आशङ्का गरिएका १० जना आतङ्ककारी मारिएको पाकिस्तानी सेना र प्रहरीले शुक्रबार जनाएको छ ।

खैबर पख्तुनख्वा प्रान्तको हङ्गु जिल्लामा बिहीबार सुरक्षा बलको सवारीलाई लक्षित गरी बम विस्फोट गराइएको स्थानीय अधिकारीहरूले बताएका छन् । विस्फोटमा छ सैनिकको मृत्यु भएको पुष्टि गरिएको छ ।

सेनाका अनुसार उत्तरी वजीरिस्तान र हङ्गु जिल्लामा बिहीबार गरिएको विभिन्न गुप्तचर सूचनामा आधारित कारबाहीका क्रममा सन्दिग्ध आतङ्ककारी लुकेका स्थानमा छापा मारिएको थियो । ती कारबाहीमा १० जना आतङ्ककारी मारिएको सेनाले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि

एजेन्सी, १ असोज । कोसोभोका पूर्वराष्ट्रपति हासिम थाचीलाई युद्ध अपराध गरेको अभियोगमा दोषी ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाइएको