वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीद्वारा १५ लाख ७४ हजार सहयोग

काठमाडौँ, १ असोज । राष्ट्रिय वाणिज्य बैंकबाट सेवा निवृत्त भएका कर्मचारीहरूले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि १५ लाख ७४ हजार ५४७ रुपैयाँ सहयोग गरेका छन् ।

रावा बैंक पूर्वकर्मचारी संघको पहलमा संकलित उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी संघका पदाधिकारीहरूले बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई चेक हस्तान्तरण गरेका हुन् । संघमा राष्ट्रिय वाणिज्य बैंकबाट निवृत्त भएका ३ हजारभन्दा बढी पूर्वकर्मचारी आबद्ध छन् ।

चेक हस्तान्तरण कार्यक्रममा मन्त्री श्रेष्ठले विपद्को समयमा पूर्वकर्मचारीहरूले देखाएको सहयोग र ऐक्यबद्धताप्रति आभार व्यक्त गर्नुभयो । उहाँले नागरिक तहबाट प्राप्त सहयोगले विपत्तिसँग जुध्न सरकारलाई थप हौसला मिलेको बताउनुभयो ।

मन्त्री श्रेष्ठले संघका हजारौं सदस्यको योगदानबाट संकलित रकमले बाढीबाट प्रभावित परिवारलाई राहत पु¥याउन सहयोग पुग्ने उल्लेख गर्नुभयो। उहाँले विपद्का बेला आर्थिक सहयोगसँगै सामाजिक एकता र मनोबल बढाउन यस्ता पहलको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । पूर्वकर्मचारी संघले सामाजिक उत्तरदायित्व निर्वाहसँगै सामाजिक मनोविज्ञान सुधार र वित्तीय सुशासन प्रवद्र्धनमा समेत योगदान पु¥याउँदै आएको मन्त्री श्रेष्ठको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि

एजेन्सी, १ असोज । कोसोभोका पूर्वराष्ट्रपति हासिम थाचीलाई युद्ध अपराध गरेको अभियोगमा दोषी ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाइएको

एजेन्सी, ३१ भदौ । इरानको मशहद विमानस्थलबाट उडान भरेको केही समयमै  यात्रुवाहक विमान आपत्कालीन अवतरण गराउनु परेको छ । उडान

एजेन्सी, ३० भदौ । बंगलादेशको एक विशेष अदालतले पूर्वसत्तारूढ दल अवामी लिगका सात वरिष्ठ नेतालाई उनीहरूको अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाएको छ ।