नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा

काठमाडौँ, ३१ भदौ । संघीय संसद् सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ ।

संसदीय सूचना, सेवा, अभिलेख, गतिविधिलगायत काम कारबाहीहरू थप व्यवस्थित, सहज, प्रभावकारी, पारदर्शी र एकीकृत पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ संसद सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको हो ।

हाल परीक्षण सञ्चालनको चरणमा रहेको उक्त प्लेटफर्ममको प्रतिनिधिसभाका सभामुख डोल प्रसाद अर्याल र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले शुभारम्भ गरे ।

सो क्रममा सभामुख अर्यालले संसद्का सूचना, विधेयकका अवस्था, क्यालेन्डर, सांसदहरूको उपस्थिति, समिति तथा उपसमितिका विवरणहरूलाई एउटै प्लेटफर्ममा समेट्ने गरी नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याइएको बताए ।

नेपालको संसदीय इतिहासका पुराना ढड्डा तथा दस्तावेजलाई डिजिटलाइज गरी सयौँ वर्षसम्म सुरक्षित राख्ने र अध्ययन–अनुसन्धानका लागि सहज हुने उनको भनाइ छ । व्यवस्थापिका मात्र नभई कार्यपालिका, न्यायपालिका तथा तीनै तहका सरकारहरूलाई पारदर्शी, नागरिकमुखी र जनताको विश्वास जगाउने दिशामा अघि बढाउन प्रविधिको प्रयोग अपरिहार्य रहेको धारणा राखे ।

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संसद्, संसदीय समिति र सचिवालयका कामकारबाहीलाई परम्परागत कागजी ढाँचाबाट डिजिटल प्रणालीमा लगेर छिटो, पारदर्शी, प्रभावकारी र जवाफदेही बनाउन सहज हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार

काठमाडौँ, ३१ भदौ । संघीय संसद् सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ । संसदीय सूचना, सेवा, अभिलेख, गतिविधिलगायत काम

काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् । बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्री तथा