तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ, ३१ भदौ । आज विभिन्न तीन वटा संसदीय समितिको बैठक बस्दैछ ।

संसद् सचिवालयका अनुसार बुधबार अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुमगन तथा मूल्यांकन समितिको बैठक बस्ने कार्यतालिका छ ।

आज बिहान ९ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । मंगलबारको समितिको बैठक शिक्षामन्त्री अस्वस्थ भएपछि स्थगित भएको थियो । बैठकमा शिक्षामन्त्री, मन्त्रालयका सचिव लगायतलाई छलफलको लागि समितिले बोलाएको छ ।

बिहान १० बजे बस्ने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा समितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ । बिहान सवा ११ बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुमगन तथा मूल्यांकन समितिको बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका पूर्व सभापतिसँग छलफल गर्ने कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । नेकपा (एमाले)ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार असफल भएको जनाएको छ। एमाले

काठमाडौँ, ३१ भदौ । आज विभिन्न तीन वटा संसदीय समितिको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार बुधबार अर्थ समिति, शिक्षा, स्वास्थ्य

काठमाडौँ, ३१ भदौ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ। सिंहदरबारमा अपराह्न १:०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा

काठमाडौँ, ३१ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले गण्डकी प्रदेशलाई पूर्ण विद्युतीकरणयुक्त प्रदेश बनाउने अभियानमा संघ सरकारको