सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ, ३१ भदौ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ।

सिंहदरबारमा अपराह्न १:०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता वादीले विधेयक सम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। उनले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

अपराह्न १:१५ बजे राष्ट्रियसभाको बैठक पनि बस्ने तय भएको छ। आजको बैठकमा पूर्वाधार विकास मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर सम्बन्धित मन्त्रीले दिने कार्यसूची रहेको छ। बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले समितिको प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ। उनले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन’ सभासमक्ष पेस गर्नेछन्।

राष्ट्रियसभाकै बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले विशेष प्रस्ताव प्रस्तुत गर्नेछन्। उनले ‘मधेस प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९ ग्राम लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ । नेपालगन्ज

काठमाडौँ, १ असोज । सडक भास्सिएर काठमाडौँसँग सडक सञ्जाल नै टुटेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर क्षेत्रमा नयाँ ट्र्याक निर्माण गरिएपछि राजमार्ग

काठमाडौँ, १ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १ असोज । आज असोज १ गते, देशभर विभिन्न यन्त्र, औजार, प्रविधि तथा सवारीसाधनको पूजाआजा गरी भगवान् विश्वकर्माको आराधनासहित