आइतबारको बिदा खारेजी गर्न संसद्‌मा माग

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा खारेज गर्न माग गरेका छन् ।

आज प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भाटले आइतबारको बिदाले सार्वजनिक सेवा प्रवाहमा असर परेको भन्दै यस्तो माग गरेका हुन्।

सांसद भाटले आइतबारको बिदा आवश्यक नभएको जिकिर गर्दै यसलाई कटौती गरेर पहिलाकै व्यवस्था (शुक्रबार आधा र शनिबार पूर्ण बिदा) कायम गर्न सरकारसँग आग्रह गरे। उनले भने, ‘आइतबारको बिदा कसैलाई पनि चाहिएको छैन। न सरकारी कर्मचारीलाई यो आवश्यक छ, न त विद्यालय वा शिक्षा क्षेत्रलाई नै,’ ।

उनले आइतबारको बिदाका कारण आम नागरिकले साताभर सेवा लिन कठिनाइ भोग्नुपरेको र विकास निर्माण तथा प्रशासनिक कार्यमा समेत ढिलाइ भएको उल्लेख गरे । उनले भने, ‘बिदाको व्यवस्थाले कसैलाई पनि फाइदा पुगेको छैन, त्यसैले जनभावनाको कदर गर्दै तत्काल यो व्यवस्था खारेज गरी पुरानै कार्यतालिका कार्यान्वयन गरियोस्।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । हेटौंडाबाट काठमाडौँ जाँदै गरेको विद्युतीय (ईभी) गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सल्ले सुकौरामा दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडौँ, ३० भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद् न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग

काठमाडौँ, ३० भदौ । रुपन्देहीको ओमसतिया गाउँपालिकाबाट प्रहरीले कटुवा पेस्तोल र छर्रासहित दुई जनालाई पक्राउ गरेको छ । विशेष गोप्य

काठमाडौँ, ३० भदौ । अवैध विद्युतीय चुरोट (भेप) सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–७ चाबहिल