भूगोलभन्दा माथि उठाएर नेपाल-चीन सम्बन्ध विस्तार गर्नुपर्छ: मन्त्री खनाल

काठमाडौँ, २७ भदौ । परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद् कुनै एक मुलुकको मात्र समस्या नभई सीमापार प्रभाव पार्ने साझा चुनौती भएको बताएका छन्। 

आज काठमाडौँमा आयोजित काष्ठमण्डप संवादमा सम्बोधन गर्दै मन्त्री खनालले हालैको भोटेकोशी विपद्प्रति दुःख व्यक्त गर्दै मानवीय सहयोग र ऐक्यबद्धताका लागि चीन सरकार तथा चिनियाँ जनतालाई धन्यवाद दिएका हुन् । 

राजनीतिक सीमाले देशहरूलाई छुट्ट्याए पनि हिमालय र यसको पारिस्थितिक प्रणाली सीमाभन्दा बाहिर परस्पर जोडिएको उनले उल्लेख गरे। त्यसैले वातावरणीय झटका तथा प्राकृतिक विपद्को सामना गर्न साझा जिम्मेवारी, समन्वित पूर्वतयारी र क्षेत्रीय सहकार्य आवश्यक रहेको उनको भनाइ छ।

नेपाल-चीन सम्बन्धबारे चर्चा गर्दै परराष्ट्रमन्त्री खनालले भूगोल दुई देशबिचको सम्बन्धको महत्त्वपूर्ण आधार भए पनि सम्बन्धको भविष्य भूगोलले मात्रै निर्धारण नगर्ने बताए। नेपाल र चीनबिच सदियौँदेखि सीमापार समुदाय, व्यापार, संस्कृति तथा जनस्तरको आदानप्रदानमार्फत सभ्यतागत सम्बन्ध कायम रहेको उनले उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ भदौ । जिल्ला प्रहरी कार्यालय दैलेखले पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आठबीस नगरपालिका–६ का ३०

काठमाडौँ, २७ भदौ । बागलुङको बुर्तिबाङबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बिक्री गरिरहेको गोप्य सूचनाका आधारमा ढोरपाटन नगरपालिका–१

काठमाडौँ, २७ भदौ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले बागलुङको बडिगाड गाउँपालिका–५ दागस्थित थानापति सामुदायिक वनमा तीन थान भरुवा बन्दुक

काठमाडौँ, २७ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ