उद्धारमा सरकारले अहङ्कार देखायो : संयोजक प्रचण्ड

काठमाडौँ, २७ भदौ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले समयमै विज्ञ र विदेशी प्राविधिकको सहयोग नलिँदा धेरै मानिसको ज्यान बचाउन नसकिएको बताएका छन् । 

आज जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले रसुवा, भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको विपद् सामान्य बाढी नभई ठुलो हिमाली प्रलयको स्वरूप भएको उल्लेख गरे। विपदबाट भएको क्षतिले नेपालसहित विश्व समुदायलाई स्तब्ध बनाएको उनको भनाइ छ।

प्रारम्भिक चार–पाँच दिनमै विज्ञहरू परिचालन गरेर उद्धार अघि बढाएको भए थप मानिसको ज्यान बचाउन सकिने दाहालले दाबी गरे। विदेशी विज्ञहरूले सहयोगको इच्छा देखाउँदा पनि सरकारले ‘हामी आफैँ गर्छौँ’ भन्ने अहङ्कार प्रदर्शन गरेको आरोप उनले लगाए। १०–११ दिनपछि पनि मानिसहरू जीवितै फेला परेकाले समयमै विशेषज्ञको सहयोग लिएको भए अझ धेरैलाई बचाउन सकिने अवस्था रहेको उनले स्पष्ट पारे।

दाहालले सरकारको कार्यशैली अहङ्कारपूर्ण र मनोगत देखिएको टिप्पणी गर्दै यस्तो व्यवहारले गम्भीर विषय सम्हाल्न नसकिएको बताए । विपद्का कारण ठुलो जनधनको क्षति भएको भन्दै राहत, उद्धार तथा पुनर्स्थापनामा मधेसका जनतालाई सहयोग गर्न उनले अपिल गरे। पहाड र मधेसले एक–अर्कालाई सहयोग गर्ने परम्पराले राष्ट्रिय एकता तथा पीडितको मनोवैज्ञानिक पुनर्स्थापनामा महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २८ भदौ । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका पीडितलाई राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउन अमेरिकाको विदेश मन्त्रालयले थप

काठमाडौँ, २८ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate

काठमाडौँ, २७ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ