काठमाडौँ, २७ भदौ । एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज पनि बस्ने भएको छ ।
बैठकमा कार्यदलको प्रतिवेदनमाथि आजको बैठकमा छलफल हुनेछ । कार्यदल बैठक संयोजक एवं उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा शुक्रबार पार्टी कार्यालय च्यासलमा सुरु भएको थियो । बैठकमा संयोजक थापा र सदस्यसचिव शङ्कर पोखरेलका दुवै प्रतिवेदन पेस भएका थिए ।




