नेप्से परिसूचक १३.८५ अङ्कले घट्यो

काठमाडौँ, २५ भदौ । सेयर बजारमा आज पनि गिरावट देखिएको छ ।

आज नेप्से परिसूचक १३.८५ अङ्कले घटेर २५३१.५५ विन्दुमा सीमित भएको हो ।

कारोबार अवधिभर कुल ४ अर्ब ९७ करोड बराबरको कारोबार भएको छ भने १० लाख ५८ हजार कित्ता सेयर किनबेच भएका छन् । आज कुल ३४१ वटा स्क्रिप्समा कारोबार भएको छ ।

आजको बजारमा बिक्रीकर्ता हाबी देखिएका छन् । तथ्याङ्कअनुसार १९९ वटा कम्पनीको मूल्य घट्दा ६८ वटा कम्पनीको मात्रै मूल्य बढेको छ । ११ वटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

समूहगत रूपमा आज पनि सबै समूहका सूचकमा गिरावट देखिएको छ । उत्पादनमूलक क्षेत्रमा सबैभन्दा धेरै १.१४ प्रतिशतको आएको छ । अरू सबै सूचक एक प्रतिशत भन्दा कमले घटेका छन् ।

आजको बजारमा लिबर्टी इनर्जीको सेयर मूल्यमा उच्च वृद्धि देखिएको छ। उक्त कम्पनीको मूल्य १५ प्रतिशतले बढेर २५५ रुपैयाँभन्दा माथि पुगेको छ। सिन्धु विकास बैंकको मूल्य सबैभन्दा धेरै १४.९८ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ भदौ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री

काठमाडौँ, २६ भदौ । सरकारले तोकेको दररेटभन्दा बढी मूल्य लिएर खाना पकाउने ग्यास (एलपी ग्यास) बिक्री गर्ने एक किराना पसललाई सरकारले

काठमाडौँ, २६ भदौ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ४८ सय रुपैयाँले

काठमाडौँ, २६ भदौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई जोखिमपूर्ण देशको सूची (ग्रे लिस्ट) बाहिर निकाल्न सरकारले भगीरथ प्रयास गरिरहेको बताएका