तेल बोक्ने इरानी ट्यांकरमा अमेरिकी आक्रमण

एजेन्सी, २४ भदौ । अमेरिकी सेन्ट्रल कमान्डले इरानका पाँचवटा कच्चा तेल बोकेका ट्यांकरमाथि हमला गरेको छ ।

सेन्ट्रल कमान्डले ओमानको खाडी र खार्ग टापुनजिकै इरानका पाँचवटा कच्चा तेल बोकेका ट्यांकरमाथि हमला गरी ध्वस्त पारेको दाबी गरेको हो ।

पछिल्लो दुई दिनमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले अमेरिकी नौसेनाका युद्धपोतमाथि दुईपटक ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि त्यसको जवाफमा उक्त कारबाही गरिएको सेन्टकमले जनाएको छ ।

सेन्टकमका अनुसार ती ट्यांकरहरू आईआरजीसी तथा उसका क्षेत्रीय सहयोगी समूहलाई आर्थिक सहयोग पुर्‍याउने अर्बौं डलरको ‘छद्म सञ्जाल’को हिस्सा थिए । सेन्टकमले इरानसँग यी जलपोतको रक्षा गर्ने क्षमता नरहेको दाबी समेत गरेको छ ।

यसअघि सेप्टेम्बर ५ मा पनि आईआरजीसीले अमेरिकी विमानवाहक युद्धपोत र निर्देशित क्षेप्यास्त्र प्रहार गर्ने डिस्ट्रोयरमाथि असफल आक्रमण गरेको दाबी गर्दै सेन्टकमले त्यसको जवाफमा तीनवटा इरानी तेल ट्यांकर ध्वस्त पारेको जनाएको थियो ।

उता, इरानले भने आक्रमणमा हालसम्म कुनै मानवीय क्षति नभएको जनाएको  छ । आईआरजीसीले भने कम्तीमा दुईवटा ट्यांकरमा क्षति पुगेको स्वीकार गरेको बताइएको छ ।

इरानले अमेरिकी कारबाहीको कडा बदला लिने प्रतिबद्धता जनाउँदै छिमेकी मुलुकमा रहेका अमेरिकी सैन्य आधारलाई निशाना बनाउन सक्ने चेतावनी दिएको छ ।

यसैबीच, इरानले कुवेत र बहराइनको तटीय क्षेत्रमा रहेका तेल ट्यांकरका चालक दलका सदस्यलाई सम्भावित सैन्य कारबाहीअघि ती जहाज तत्काल खाली गर्न चेतावनी दिएको छ । यस चेतावनीले खाडी क्षेत्रमा रहेका व्यावसायिक जलपोत तथा ऊर्जा आपूर्तिको सुरक्षाबारे थप चिन्ता बढाएको छ । अलजजिरा

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा