प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ११ अर्ब ९५ करोड १७ लाख जम्मा

काठमाडौँ, २४ भदौ । भदौ २३, २०८३ (८ सेप्टेम्बर) साँझ ५:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका ९ वटा रुपैयाँ खातामा रु. ८ अर्ब ७६ करोड ६९ लाख र २ वटा डलर खातामा २,११,०८,४७१ अमेरिकी डलर मौज्दात रहेको छ। डलरलाई रु. १५०.८८ का दरले रूपान्तरण गर्दा कोषमा उपलब्ध कुल मौज्दात रु. ११ अर्ब ९५ करोड १७ लाख पुगेको छ।

रसुवा–भोटेकोशी बाढीपछिको कुल सङ्कलन रु. ७ अर्ब ६८ करोड ४४ लाख र २,०५,२२,४२३ अमेरिकी डलर पुगेको छ, जुन विपद्अघिको रु. २ अर्ब ८ करोड २४ लाख मौज्दातबाहेकको रकम हो। भदौ २३ गते एकै दिन रु. ३० करोड ६२ लाख र १,१२,०३२ अमेरिकी डलर प्राप्त भएको छ। राहत तथा उद्धार कार्यका लागि भदौ १६ गते राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई रु. १ अर्ब हस्तान्तरण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत र चीनबीच बढ्दो सहकार्यबाट नेपालले अधिकतम लाभ लिन सक्नुपर्ने बताएका छन् ।

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्