जेनजी आन्दोलनको दिन स्मृतिमात्रै नभई संकल्पको दिन पनि हो : मन्त्री गौतम

काठमाडौँ, २३ भदौ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले जेनजी आन्दोलनको एक वर्ष पुगेको दिनलाई स्मृतिमात्रै नभई संकल्पको दिन बनाउनुपर्ने बताएकी छिन् ।

उनले आजा सामाजिक सञ्जालमार्फत उनले एक वर्ष अघि गुमाएका युवाहरूको स्मृतिमा पुन: त्यस्तो दिन आउनपर्ने दिन नदोहोर्‍याउने प्रतिवद्धता गर्नुपर्ने बताएकी छिन् ।

अघिल्लो वर्ष २३ भदौमा जेनजी पुस्ताले सडकमा चर्को प्रदर्शन गरेको थियो । सोही दिन प्रहरीको गोली लागेर १९ जना युवाहरूले एकै दिन ज्यान गुमाएका थिए ।

भोलिपल्ट उक्त आक्रोश सडकमा पोखिँदा तत्कालीन राज्य संरचना नै बदलिनेगरी देशभर आन्दोलन भएको थियो । सोही जगमा बनेको अन्तरिम सरकारले गरेको निर्वाचनपछिको वर्तमान सरकारमा गौतम कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारीमा छिन् ।

उनले भनेकी छिन्, ‘आजको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो । हामीले गुमाएका प्रत्येक युवाको स्मृतिमा हाम्रो प्रतिबद्धता यही रहोस् कि फेरि यस्तो दिन कहिल्यै नदोहोरियोस्,’ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ भदौ । सङ्घीय संसद्, प्रतिनिधि सभाको बैठक भोलीका लागि बोलाइएको छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिला

काठमाडौँ, २३ भदौ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले गत वर्षको ‘जेनजी आन्दोलन’का क्रममा भएको हिंसात्मक घटनामा घुसपैठ गर्ने र

काठमाडौँ, २३ भदौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी बाढीमा परी निधन हुनुभएका भन्सार अधिकृत नवकुल शर्माप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको

काठमाडौँ, २२ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित एवम् प्राकृतिक विपत्तिमा