एक युवक मृत फेला, पाँच जना पक्राउ

काठमाडौँ, २२ भदौ । मकवानपुरको बकैया गाउँपालिका–१२ धारापानीमा एक युवक आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार मृतककी पत्नी ३५ वर्षीया सलिना घले, आमा ६० वर्षीया गोमा खत्री, भाइ ३३ वर्षीय दिनेश खत्री तथा ४५ वर्षीय अमर खत्री र ४५ वर्षीय राजेन्द्र घलेलाई नियन्त्रणमा लिएको छ ।

घटनामा उनीहरूको प्रत्यक्ष, अप्रत्यक्ष संलग्नता देखिएपछि ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । शवको पोस्टमार्टमपछि आज सोमबार मृतककी दिदी सजिना खत्रीले शव बुझेर लगेकी छन् । मृतक खत्रीको तीन सन्तान रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार स्थानीय मानबहादुर खत्रीका ३५ वर्षीय छोरा राजकुमार खत्री १९ भदौ दिउँसो सवा १ बजे घरको सुत्ने कोठाभित्र मृत अवस्थामा फेला परेका हुन् ।

खत्रीको टाउको र शरिरका अन्य भागमा चोटपटक देखिएको छ । घटना शंकास्पद देखिएपछि परिवारका सदस्य र छिमेकीसहितलाई पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा र बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट कुकुरसहितको टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, ७ कार्तिक । रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । माधव नारायण नगरपालिका–६ माधोपुरस्थित सडकमा मानपुरबाट माधोपुरतर्फ

उदयपुर, ७ कार्तिक । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली

काठमाडौँ, ७ कार्तिक । देशका विभिन्न जिल्लामा चार जना मृतावस्थामा फेला परेका छन् । प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार मोरङको पथरी

काठमाडौँ, ७ कार्तिक । देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार