३५ अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौँ, २२ भदौ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज ३५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ ।

राष्ट्र बैंकले २ महिनाको लागि ३५ अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत तरलता व्यवस्थापन गर्न लागेको हो । यसअघि भदौ १८ गते राष्ट्र बैंकले ३ महिनाको लागि १८ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेको थियो ।

अनलाईनमार्फत हुने उक्त निक्षेपको बोलकबोल आजै दिउँसो ३ बजे हुँदै छ । यसको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । उक्त, निक्षेपको साँवा तथा ब्याज भुक्तानी २०८३ कात्तिक २० गते हुने जनाइएको छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त वाणिज्य बैंक, विकास र वित्त कम्पनीहरू सहभागी हुन पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ भदौ । नापि कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभुमि वडा  नं ७  का ३३८ र

काठमाडौँ, २२ भदौ । नेपाली कांग्रेसले रसुवाको भोटेकोसी–त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितलाई सहयोग गरेको छ । प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका

काठमाडौँ, २२ भदौ । सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि नागरिकले राज्यको उपस्थितिको अभाव महसुस नगर्ने गरी उद्धार, राहत

काठमाडौँ, २२ भदौ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोसी बाढीको सन्दर्भमा सरकारले हिरोइजम