अर्थमन्त्री वाग्लेको ५ बुँदे विशेष योजना

काठमाडौँ, २२ भदौ । नेपाली अर्थतन्त्रलाई पुनः गतिशील बनाउन अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले रणनीतिक योजना अघि सार्न लागेको बताएका छन् ।

बीबीसीसँगको अन्तर्वार्तामा अर्थमन्त्री वाग्लेले नेपालको अर्थतन्त्रलाई सङ्कटबाट बाहिर निकाल्न सरकारले स्पष्ट रोडम्याप तयार पारेको बताएका हुन्।

मन्दीका कारण समस्यामा परेको निजी क्षेत्र र विपद्ले थपेको चुनौतीलाई सम्बोधन गर्न अर्थमन्त्रीले ५ वटा मुख्य प्राथमिकताका क्षेत्रहरूलाई प्राथमिकतामा राखेर काम गर्ने योजना रहेको उल्लेख गरे । 

बिजनेस रिकभरी प्याकेज

बाढीबाट प्रभावित क्षेत्रका साना तथा ठूला व्यवसायीहरूलाई राहत दिन मन्त्रिपरिषद्बाट बिजनेस रिकभरी प्याकेज पारित भइसकेको छ । यसले सङ्कटमा परेका उद्योगी–व्यवसायीलाई पुनः उठ्न मद्दत गर्ने उनको विश्वास छ ।

पुँजी बजारमा सुधार

सेयर बजारलाई व्यवस्थित र सुदृढ बनाउन सरकारले विशेष सुधार योजना ल्याएको छ । लगानीकर्ताको मनोबल उच्च राख्दै पुँजी बजारलाई पारदर्शी र भरपर्दो बनाउनु यसको मुख्य उद्देश्य रहेको उनको भनाइ छ ।

निजी क्षेत्रको पुनरुत्थान

निजी क्षेत्रको सक्रियता बिना अर्थतन्त्र चलायमान नहुने भन्दै सरकारले आर्थिक सहुलियत र लगानी प्रोत्साहनका प्याकेजहरू ल्याएको छ । यसले थलिएको बजारमा नयाँ उत्साह भर्ने विश्वास गरिएको छ ।

एफ.ए.टी.एफ.ग्रे सूचीबाट बच्ने रणनीति

नेपाललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी अन्तर्राष्ट्रिय ग्रे सूचीबाट जोगाउन सरकारले द्रुत गतिमा काम गरिरहेको जनाए । यसका लागि आवश्यक कानुनी र संरचनात्मक सुधारलाई प्राथमिकता दिइएको उल्लेख गरेका छन् । 

अन्तर्राष्ट्रिय स्रोत व्यवस्थापन

विपद्का कारण भएको क्षतिको यकिन मूल्याङ्कन गरी पुनर्निर्माणका लागि आवश्यक ठुलो लगानी जुटाउन सरकारले अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूसँग समन्वय गरिरहेको छ । वैदेशिक सहायता र अनुदानलाई उत्पादनशील क्षेत्रमा केन्द्रित गर्ने अर्थमन्त्रीको योजना छ ।

अर्थमन्त्री डा.वाग्लेले नेपाल अहिले चुनौतीपूर्ण मोडमा भए पनि सरकारको सही हस्तक्षेप र अन्तर्राष्ट्रिय समुदायको सहयोगले अर्थतन्त्र चाँडै लयमा फर्कने विश्वास व्यक्त गरेका छन् ।

 ‘हामी केवल सङ्कट टार्न मात्र होइन, अर्थतन्त्रको संरचनामै सुधार गरेर दिगो विकासको बाटोमा जान प्रतिबद्ध छौँ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ भदौ । नापि कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभुमि वडा  नं ७  का ३३८ र

काठमाडौँ, २२ भदौ । नेपाली कांग्रेसले रसुवाको भोटेकोसी–त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितलाई सहयोग गरेको छ । प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका

काठमाडौँ, २२ भदौ । सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि नागरिकले राज्यको उपस्थितिको अभाव महसुस नगर्ने गरी उद्धार, राहत

काठमाडौँ, २२ भदौ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोसी बाढीको सन्दर्भमा सरकारले हिरोइजम