‘फर्की फर्की : बियोन्ड टाइम’मा अनमोल केसी

काठमाडौँ, २१ भदौ । अनमोल केसी स्टारर सन् २०२४ को फिल्म ‘फर्की फर्की’ व्यवसायिक र समीक्षात्मक दुबै पक्षमा सफल थियो । यो फिल्मले त्यतिबेला केसीको करिअरलाई राहत दिएको थियो ।

‘सोसल ड्रामा’ फिल्मको बाढी आइरहँदा निर्देशक सुयोग गुरुङले साइन्स फिक्सन अवधारणामा फिल्म बनाएर दर्शकको मन जितेका थिए । निर्माताले त्यतिबेलै दोस्रो श्रृंखला ल्याउने घोषणा पनि गरिसकेका थिए ।

अब भने यो फिल्मको दोस्रो श्रृंखला बन्ने पक्का भएको छ । निर्माताले शीर्ष भूमिकामा केसीलाई निरन्तरता दिँदै दोस्रो श्रृंखला ‘फर्की फर्की ः बियोन्ड टाइम’ बनाउने घोषणा गरेका छन् ।

निर्माता रोहित अधिकारीले उपलब्ध गराएको विवरण र तस्वीर हेर्दा यो फिल्ममा केही दिनअघि अभिनेता केसी अनुबन्धित भैसकेका छन् । २०८४ सालमा छायांकनमा जाने तयारीमा रहेको यो फिल्म रोहित अधिकारी फिल्म्स प्रालिको ब्यानरमा निर्माण हुन लागेको हो भने शोभा ढकाल निर्मात्री हुनेछिन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ भदौ । वीरगञ्ज-पथलैया सडकखण्ड अन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका-७ छातापिपरामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने

काठमाडौँ, २२ भदौ । धनुषाको महेन्द्रनगरबाट खैरो हेरोइन सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक

काठमाडौँ, २२ भदौ । पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन मधुसुदन भट्टराईका अनुसार चालु

काठमाडौँ, २२ भदौ । रसुवा बाढीमा परी ज्यान गुमाएका मध्ये हालसम्म एक हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय