इजिप्टमा १२ जनालाई मृत्युदण्ड

एजेन्सी, २१ भदौ । इजिप्टमा एक टेलिभिजन प्रस्तोता र अन्य ११ जनालाई त्यहाँको अदालतले मृत्युदण्डको सजाय तोकेको छ । इजिप्टको सरकारी अखबार अल अकरमलाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार उनीहरू एक आपराधिक गिरोहमा संलग्न थिए ।

उक्त गिरोहले लागू औषध निर्माणका लागि आवश्यक कच्चा पदार्थ विदेशबाट मगाउने गरेको र त्यसबाट उत्पादन भएको लागु औषध इजिप्टमा बेच्ने गर्दथ्यो । उनीहरूको साथबाट अवैध हतियारसमेत बरामद भएको बताइएको छ । 

मृत्युदण्डको सजाय सुनाइएकामध्ये ३९ वर्षीय सारा खलिफा पनि छन्, जो एक टेलिभिजन प्रस्तोता हुन् । उनले सञ्चालन गर्ने कार्यक्रम ‘मिसन इम्पोसिबल’मा अपराधसँग जोडिएका घटना देखाइन्थ्यो ।

साराले आफूमाथि लगाइएका आरोप अस्वीकार गर्दै आएकी थिइन् । स्थानीय अदालतले अघिल्लो महिना नै फैसला सुनाएको थियो । यद्यपि उक्त फैसलालाई एक महिनापछि बल्ल सुनिश्चित गरिएको हो । फैसला सुनिश्चित गर्नुअघि अदालतले इजिप्टको ‘ग्य्राण्ड मुफ्ती’सँग धार्मिक राय लिएको थियो । इजिप्टमा मृत्युदण्डको सजाय सम्बन्धमा यसरी राय लिनु कानुनी प्रक्रियाको हिस्सा मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ भदौ । भौतिक तथा पूर्वाधारमन्त्री सुनिल लम्सालले नेपालमा विगतमा विभिन्न समुदाय, वर्ग र क्षेत्रका अधिकार प्राप्तिका लागि भएका

काठमाडौँ, २१ भदौ । जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मृतिमा संसद् भवन परिसरमा निर्माण गर्न लागिएको जेन-जी मेमोरियल पार्कको शिलान्यास

काठमाडौँ, २१ भदौ । एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा प्रदान गर्दै आएको निःशुल्क सेवाको अवधि पुनः ७ दिन

काठमाडौँ, २१ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले जनताको दैनिक जीवनमा सहजता ल्याउने साना देखिने तर महत्त्वपूर्ण पूर्वाधार