काठमाडौँ, १९ भदौ । गृहमन्त्री सुधन गुरुङले त्रिशूली ‘ए’को सुरुङबाट १० दिनपछि २ जनाको जीवितै उद्धार गर्न सफल भएपछि अझै आशाको किरण जीवितै राखेको बताएका छन्।
निरन्तरको कठिन चुनौतीका बाबजुद उद्धारमा खटिएका नेपाल सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सेन्ट्रल कमान्ड सेन्टरको टोलीलाई धन्यवाद दिएका छन्।
उनले भनेका छन्, ‘साथै, निरन्तर प्रयासका लागि माननीय सागर ढकाल र श्रीराम न्यौपानेज्यूको उच्च कदर गर्दछौँ। उद्धार टोलीहरू अझै पनि सबै सुरुङहरूमा निरन्तर रूपमा खटिरहनु भएको छ ।’





