नाइजेरियामा शङ्कास्पद विषाक्त धुवाँबाट करिब ४० जनाको मृत्यु

एजेन्सी, १९ भदौ । नाइजेरियाको तेलका लागि समृद्ध मानिने रिभर्स राज्यमा पेट्रोलियम पदार्थबाट निस्केको विषाक्त रासायनिक धुवाँका कारण बिहीबार बिहान करिब ४० जनाको मृत्यु भएको आशङ्का स्थानीय अधिकारीहरूले गरेका छन् ।

रिभर्स राज्यका प्रहरी प्रवक्ता ब्लेसिङ आगाबेले सिन्ह्वालाई टेलिफोनमार्फत बताए अनुसार घटना ओक्रिका स्थानीय सरकार क्षेत्रको कच्चा तेल प्रशोधन केन्द्र स्थल नजिक भएको हो ।

पीडितहरूले उच्च मात्रामा खतरनाक ग्यास ह्वासप्रश्वासका क्रममा निलेको आशङ्का गरिएको छ ।

प्रहरी तथा स्थानीय स्वास्थ्य र आपत्कालीन अधिकारीहरूले घटनाको अनुसन्धान सुरु गरेका छन्। केही घाइतेलाई नजिकैको अस्पताल लगेर उपचार गरिएको आगाबेले बताए ।

समुदायका स्रोतहरूलाई उद्धृत गर्दै नाइजेरियाको राष्ट्रिय दैनिक द नेसन पत्रिकाले रिपोर्ट गरे अनुसार बिहीबार बिहान करिब २०० जना युवा स्थानीय रूपमा बनेका डुङ्गाबाट आएर नदीकिनारमा जहाजबाट अवैध रूपमा निकालिएको पेट्रोलियम पदार्थ लोड गर्न पुगेका थिए। लोड गर्ने क्रममा उक्त पट्रोलियम पदार्थबाट निस्केको तीतो धुवाँ हावामा फैलियो र नजिकमा रहेका पीडितहरूले तत्कालै श्वासप्रश्वास गर्न कठिन भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पर्सा, २० भदौ । पकहाँ मैनपुर गाउँपालिकाबाट ११४ किलो २५ ग्राम गाँजासहित एक जनालाई पक्राउ गरिएको छ । शुक्रबार राति

काठमाडौँ, २० भदौ । चितवनमा मिनी ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा स्कुटर चालक ३८ वर्षीय

काठमाडौँ, २० भदौ । म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा सात सय घरपरिवारमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ

काठमाडौँ, २० भदौ । श्रीकृष्णको जन्म भएको खुशियालीमा आज देशका विभिन्न भागमा रथयात्रा एवं शोभायात्रा निकालिँदै छ । पापका पक्षमा