नेप्से परिसूचक ४.६६ अंकले बढ्यो

काठमाडौँ, १८ भदौ । आज सेयर बजार २५४२ अंकमा कायम भएको छ । अघिल्लो दिन १५ अंक बढेको नेप्से परिसूचक आज ४.६६ अंक बढ्यो । यो साता बजार लगातार तीन दिन सकारात्मक देखियो ।

बजारको उतारचढाव आज न्यून रह्यो । दिनभर न्यूनतम अंक २५३३ देखि अधिकतम २५४५ अंकको बीचमा नेप्से रह्यो । कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन २ अर्ब ९४ करोडको कारोबार भएकोमा आज ३ अर्ब ४६ करोडको भयो ।

१४५ कम्पनीको मूल्य बढ्दा १२३ को घट्यो भने १० को स्थिर रह्यो । आज लगानी समूह सबैभन्दा धेरै १.२६ प्रतिशत बढ्यो । त्यस्तै व्यापार १.०९ प्रतिशत बढ्यो । अरु सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.२४, विकास बैंक ०.२०, होटल तथा पर्यटन ०.०९, जीवन बीमा ०.०८, उत्पादन तथा प्रशोधन ०.४६, माइक्रोफाइनान्स ०.२७ प्रतिशत बढे ।

फाइनान्स ०.३४, जलविद्युत् ०.२३, निर्जीवन बीमा ०.२८ तथा अन्य ०.३६ प्रतिशत घटे । विन नेपाल लघुवित्तको मूल्य ८.७६, चिरख्वा हाइड्रोपावरको ८.५६, आशा लघुवित्तको ८.२९, मायाखोला हाइड्रोपावरको ७.८४, माउन्ट एभरेस्ट पावरको ६.४५, रिलायन्स स्पिनिङ मिल्सको ५.०१ प्रतिशत मूल्य बढ्यो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ भदौ । डाँका चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा मकवानपुर इन्द्रसरोबर गाउँपालिका–५

धनगढी, १८ भदौ । कैलालीको लम्कीचुहा नगरपालिका–८ गप्कामा हाइसको ठक्करबाट १५ वर्षीया किशोरीको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गमा बिहीबार बिहान

काठमाडौँ, १८ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धारका क्रममा १ हजार २५२ जनाको शव फेला

काठमाडौँ, १८ भदौ । स्याङ्जाको चापाकोट नगरपालिका–१ का वडाध्यक्ष भुपराज वस्तीमाथि मोबिल छ्यापेको आरोपमा सोही वडाका सदस्य सन्तोष थापा मगर पक्राउ