कृष्णभीरमा पहिरो पन्छाउने कार्य तीव्र गतिमा अघि बढाइएको छ : मन्त्री लम्साल

काठमाडौँ, १८ भदौ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो पन्छाउने कार्य तीव्र गतिमा अघि बढाइएको बताएका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै मन्त्री लम्सालले पहिरोको दुवै छेउबाट १८ जना परिचालन गरी रुख कटानको काम भइरहेको र पहिरो पन्छाउन आवश्यक निर्माण उपकरणहरू दुवै छेउमा तयारी अवस्थामा राखिएको जानकारी दिएका छन् ।

उनले लेखेका छन्, पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो पन्छाउने कार्य अगाडि बढेको छ ।

–पहिरोको दुवै छेउबाट १८ जना परिचालन गरी रुख कटानको काम भइरहेको छ।

–पहिरो पन्छाउन आवश्यक निर्माण उपकरणहरू दुवै छेउमा तयारी अवस्थामा राखिएका छन्।

–रुख कटानको काम सम्पन्न हुनासाथ उपकरणहरू परिचालन गरी पहिरो पन्छाउने कार्य सुरु गरिनेछ।

–सडक सञ्चालनलाई प्राथमिकतामा राखी काम तीव्र गतिमा अघि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १८ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate

काठमाडौँ, १७ भदौ । आज सेयर बजार १५.४४ अंक बढेको छ । अघिल्लो दिन ९.२४ अंक बढेको थियो । आजको वृद्धिपछि

काठमाडौँ, १७ भदौ । अमेरिकी संस्था सामारिटन्स पर्सले नेपालका बाढीपीडितलाई पठाएको ४० टनभन्दा बढी आपत्कालीन राहत सामग्री राहत सामग्री नेपाल आइपुगेको