सरकारले राम्रो काम गर्छ साथ समर्थन छ, बाटो बिराउँछ प्रश्न र खबरदारी छ : नेता आङ्देम्बे

काठमाडौँ, १७ भदौ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विपद्को क्षणमा उद्धार,राहत र  पुनर्स्थापनामामा जुट्नु सबैको साझा कर्तव्य भएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकलाई दलका तर्फबाट सम्बोधन गर्दै नेता आङदेम्बेले सरकारको साथमा सँगै छौँ भन्नुको अर्थ सरकारले गरेका सबै कुरा माफ भन्ने नभएको बताए । उनले बाढी गएको एक साता बित्दा सबै ठिकठाक भन्न नमिल्ने बताए । उनले सरकारलाई कमजोर नभएर प्रभावकारी प्रश्न गर्ने जनाए ।

उनले भने, ‘विपद्को क्षणमा उद्धार, राहत र पुनर्स्थापनामा जुट्नु सबैको साझा कर्तव्य हो । नेपाली कांग्रेस सरकारको साथमा छ, विपद्को पीडा भोगिरहेका परिवारको साथमै छौँ । राम्रो काम गर्छ साथ समर्थन छ, बाटो बिराउँछ प्रश्न र खबरदारी पनि छ । नागरिकको जीवनसँगको प्रश्नलाई गाली होइन समीक्षाको विषय हो ।’

उनले सरकारलाई पाँच वटा विषयमा ध्यानाकर्षण गराउँदै खोज तथा उद्धारमा भएको ढिलाइ गम्भीर विषय भएको बताए । उनले उद्धारमा अन्तर्राष्ट्रिय सहयोग लिन ढिलाइ भएको पनि बताए । उनले गृहमन्त्री आफैँ सुरुङ खन्न गएको प्रसङ्ग कोट्याउँदै उनले आफ्नै सदस्य त्यो सुरुङमा परेको भए गृहमन्त्री आफैँ त्यहाँ जानु हुन्थ्यो कि उद्धार टोली खटाउनुहुन्थ्यो भनेर प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ भदौ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरो प्रभावित क्षेत्रको वास्तविक अवस्था मूल्याङ्कन गर्दै सम्बन्धित सबै तहका

काठमाडौँ, १७ भदौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय सामाजिक सञ्जालमा चर्चामा रहेको ग्रीन आर्मी नेपाल नामक संस्थाको

काठमाडौँ, १७ भदौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको बीमा दाबीको भुक्तानी सरल र सहज बनाउन निर्देशन दिनुभएको

काठमाडौँ, १७ भदौ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । सिंहदरबारमा बस्ने आजको बैठकमा सभामुख