विपद्‌मा ९५ शवको पहिचान गरी आफन्तलाई बुझाइयो : प्रधानमन्त्री

काठमाडौँ, १७ भदौ । प्रधानमन्त्री बालेन्द्र शाहले हालैको प्राकृतिक विपद्‌मा परी मृत्यु भएका १ हजार १ सय १४ जनाको शव फेला परेको जानकारी दिए  ।

आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले सो विवरण सार्वजनिक गरे । उनका अनुसार फेला परेका शवमध्ये हालसम्म ९५ जनाको मात्रै पहिचान खुलेको छ । पहिचान भएका शवहरू आवश्यक प्रक्रिया पूरा गरी आफन्तजनलाई जिम्मा लगाइएको उनले बताए ।

पहिचान हुन नसकेका बाँकी शवहरूको हकमा भने सरकारले कानुनी र वैज्ञानिक आधारमा आवश्यक प्रक्रिया पूरा गरी जमिनमुनि सुरक्षित राखिएको जानकारी उनले दिए । विपद्‌मा ज्यान गुमाउने र बेपत्ता हुनेहरूको खोजी तथा पहिचान कार्यलाई सरकारले संवेदनशीलताका साथ अघि बढाइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ भदौ । उद्योगमन्त्री गौरी यादवले होटल व्यवसायीहरूलाई ग्यास आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारसँग सहकार्य गर्न आग्रह गर्नुभएको

काठमाडौँ, १८ भदौ । सांसद भरत खड्का ब्लड प्रेसर हाई भएर संसद बैठककै क्रममा लडेका छन् ।  बिहीबार बसेको प्रतिनिधि

काठमाडौँ, १८ भदौ । रसुवा भोटेकोशीमा आएको भीषण बाढीले जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएपछि नेपालबाट बंगलादेश निर्यात हुँदै आएको विद्युत्

काठमाडौँ, १८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बाढीपीडितहरूका लागि ५० लाख सहयोग गर्ने निर्णय गरेको छ । महामन्त्री विपिन