राजेश हमालको ‘मिट एन्ड ग्रीट’ बाट संकलित २१ लाख प्रधानमन्त्री कोषमा प्रदान

काठमाडौँ, १७ भदौ । अभिनेता राजेश हमालले अस्ट्रेलियामा आयोजित आफूसँगको ‘मिट एन्ड ग्रीट’ कार्यक्रममा संकलित २१ लाख रुपैयाँ भोटेकोशी बाढी प्रभावितको लागि प्रदान गरेका छन् ।

उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा पठाइएको अभिनेता हमालले जानकारी दिए ।

सोमबार क्यानबेरामा हमालसँग फ्यानको मिट एन्ड ग्रीट कार्यक्रम आयोजना भएका थिए । ५ सेप्टेम्बरमा क्वीन्सल्यान्डको उत्तरी सहर केन्र्स र ९ तारिखमा ब्रिसबेसनमा आयोजना हुन थप दुई कार्यक्रमबाट संकलन हुने रकम समेत कोषमा प्रदान गर्ने जनाइएको छ ।

यी सबै कार्यक्रमको आयोजना ८८४८ मःम हाउसले आयोजना गरेको हो, जहाँ हमाल सहभागी छन् । हमाल १० सेप्टेम्बरमा स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ भदौ । रौतहटमा एक जना मृत फेला परेका छन् । क्षेत्र नम्बर २ का पूर्वसांसद किरण साहका बुबा हजारी

काठमाडौँ, १७ भदौ । विराटनगरको सीमावर्ती क्षेत्रबाट प्रहरीले अस्पतालको भ्यानमा राखिएको अवस्थामा गाँजा बरामद गरेको छ । विराटनगर महानगरपालिका-१६ दरैयास्थित कोलर

काठमाडौँ, १७ भदौ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित बनेका नुवाकोटका विद्यालयहरू अनिश्चित समयका लागि बन्द गरिएका

काठमाडौँ, १७ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार कार्यको पछिल्लो विवरण नेपाल प्रहरीले सार्वजनिक