ह्वासिया इन्भेस्टमेन्ट कम्पनीद्वारा दैवी प्रकोप उद्धार कोषलाई २० लाख सहयोग

काठमाडौँ, १६ भदौ । विपद् प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ह्वासिया इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले २० लाख रुपैयाँ सहयोग गरेको छ।

कम्पनीका प्रतिनिधि डेभिड यीङले उद्योगमन्त्री गौरी यादवलाई २० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत विपद् प्रभावितको राहत तथा उद्धारमा प्रयोग गरिनेछ।

चेक हस्तान्तरण पछि उद्योगमन्त्री गौरी यादवले विपद्को कठिन समयमा मानवीय भावनाका साथ सहयोग उपलब्ध गराएकोमा ह्वासिया इन्भेस्टमेन्ट कम्पनीप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले प्राप्त सहयोग विपद् प्रभावित नागरिकको राहत तथा उद्धारमा सदुपयोग हुने बताउनुभयो।

विपद्का बेला निजी क्षेत्र तथा विभिन्न संघ–संस्थाबाट प्राप्त सहयोगले सरकारको राहत तथा उद्धार अभियानलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने मन्त्री यादवको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले सम्पर्कविहीन कर्मचारी तथा नागरिकको खोजी र उद्धारका लागि सरकारले

काठमाडौँ, १७ भदौ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विपद्को क्षणमा उद्धार,राहत र  पुनर्स्थापनामामा जुट्नु सबैको साझा कर्तव्य

काठमाडौँ, १७ भदौ । प्रधानमन्त्री बालेन्द्र शाहले हालैको प्राकृतिक विपद्‌मा परी मृत्यु भएका १ हजार १ सय १४ जनाको शव फेला

काठमाडौँ, १७ भदौ । अमेरिकी संस्था सामारिटन्स पर्सले नेपालका बाढीपीडितलाई पठाएको ४० टनभन्दा बढी आपत्कालीन राहत सामग्री राहत सामग्री नेपाल आइपुगेको