भोटेकोसी बाढीपीडितलाई कर्णाली सरकारले दुई करोड दिने

काठमाडौँ, १६ भदौ । कर्णाली प्रदेश सरकारले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितलाई राहत, उद्धारका निम्ति प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ ।

आज बसेको कर्णाली मन्त्रिपरिषद्को बैठकबाट यो सहयोग गर्ने निर्णय गरिएको आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाईले जानकारी दिए ।

भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धारसँगै क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र विपद् व्यवस्थापनका निम्ति उक्त रकम उपलब्ध गराउने निर्णय गरिएको उनले बताए ।

कर्णाली मन्त्रिपरिषद् बैठकबाट सामाजिक विकास मन्त्रालयले तयार गरेको ‘शिक्षा क्षेत्र योजना, २०८३–२०९२’ स्वीकृत समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ भदौ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विपद्को क्षणमा उद्धार,राहत र  पुनर्स्थापनामामा जुट्नु सबैको साझा कर्तव्य

काठमाडौँ, १७ भदौ । प्रधानमन्त्री बालेन्द्र शाहले हालैको प्राकृतिक विपद्‌मा परी मृत्यु भएका १ हजार १ सय १४ जनाको शव फेला

काठमाडौँ, १७ भदौ । नेपाली कांग्रेसले रसुवा बाढीका कारण सुरुङभित्र फसेकाहरूको उद्धारमा सरकारले अदूरदर्शिता र अकर्मण्यता जनाएको आरोप लगाउँदै आपत्ति जनाएको

काठमाडौँ, १७ भदौ । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश दिने