विश्व मञ्चमा सरकारले जलवायु परिवर्तनको एजेन्डा लैजाने

काठमाडौँ, १५ भदौ । नेपालले हालै भीषण बाढीबाट धनजनको ठूलो क्षति व्यहोरिरहेको स्थितिलाई दर्शाउँदै विश्व मञ्चमा जलवायु परिवर्तनको एजेन्डा लैजाने भएको छ ।

नेपालको विपद् र जलवायु परिवर्तनको एजेन्डालाई वैज्ञानिक प्रमाणका आधारमा विश्व मञ्चमा स्थापित गरिने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जानकारी दिएका छन् । 

आज अर्थ मन्त्रालयमा आयोजित उच्चस्तरीय बैठकमा अर्थमन्त्री डा. वाग्लेले यसबारे पनि विश्व मञ्चमा पहल गर्न जरुरी भएको औँल्याएका हुन् । यसैक्रममा उनले अब प्रधानमन्त्रीले न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा यस विषयमा जोडदार रूपमा कुरा उठाउने बताए । 

हाललाई विपद् उद्धार, राहत, पुनर्स्थापना, पुनर्निर्माण लगायतलाई बढी महत्त्व दिन जरुरी भएको बताए । यसका साथै, बैठकमा अर्थमन्त्री डा. वाग्लेले पूर्व–सूचना प्रणाली र सीमापार सहयोगलाई पनि वैज्ञानिक विधिमार्फत अझ प्रभावकारी बनाइनेमा केन्द्रित हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ भदौ । महोत्तरीको जलेश्वर कारागारका कैदीबन्दीहरूले प्रधानमन्त्री विपद राहत कोषमा एक लाख १ हजार १०५ रुपैयाँ जम्मा गरेका छन्

काठमाडौँ, १५ भदौ । माछापुच्छ्रे बैंकले भोटेकोशी नदीमा आएको बिनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिक तथा समुदायलाई राहत र पुनर्स्थापनाका लागि

काठमाडौँ, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबानपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि

एजेन्सी, १५ भदौ । अन्तर्राष्ट्रिय बजारमा आज कच्चा तेलको भाउ बढेको छ । अमेरिका र इरानले एक अर्कालाई आक्रमण गरेपछि सोमबार