प्रधानमन्त्री राहत कोषमा मोबाइल बैंकिङ एपमार्फत सोझै भुक्तानी व्यवस्था मिलाउन निर्देशन

काठमाडौँ, १५ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मोबाइल बैंकिङ एप मार्फत सिधै प्रधानमन्त्री राहत कोषमा पैसा जम्मा गर्न सकिने व्यवस्था गर्न निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै क्यूआर वा अन्तर बैंक फन्ड ट्रान्फरका अलवा सिधै रकमान्तर गर्ने व्यवसथा गर्न भनेको हो ।

सरकारले विभिन्न बैंक तथा वित्तीय संस्थामा खोलेको प्रधानमन्त्री राहत कोष खातामा मोबाइल बैंकिङ एपमार्फत क्यूआर कोड स्क्यान गरी वा अन्तरबैंक फन्ड ट्रान्सफर गरी रकमान्तर गर्न सकिन्छ ।

अबदेखि भने बैंक तथा वित्तीय संस्थाले एपमार्फत नै सोझै रकम प्रविष्ट हुनेगरी तोकिएका खातामा रकम जम्मा हुने छुट्टै विकल्पको समेत व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ भदौ । महोत्तरीको जलेश्वर कारागारका कैदीबन्दीहरूले प्रधानमन्त्री विपद राहत कोषमा एक लाख १ हजार १०५ रुपैयाँ जम्मा गरेका छन्

काठमाडौँ, १५ भदौ । माछापुच्छ्रे बैंकले भोटेकोशी नदीमा आएको बिनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिक तथा समुदायलाई राहत र पुनर्स्थापनाका लागि

काठमाडौँ, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबानपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि

एजेन्सी, १५ भदौ । अन्तर्राष्ट्रिय बजारमा आज कच्चा तेलको भाउ बढेको छ । अमेरिका र इरानले एक अर्कालाई आक्रमण गरेपछि सोमबार