इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहृयाम दोस्रो स्थानमा

एजेन्सी, १८ पौष । इंग्लिस प्रिमियर लिग फुटबलमा कार्डिफ सिटीलाई पराजित गर्दै टोटनहृयाम दोस्रो स्थानमा पुग्न सफल भएको छ ।

मंगलबार राति कार्डिफकै घरेलु मैदानमा भएको खेलमा टोटनहृयामले ३-० गोलले कार्डिफ सिटीलाई पराजित गरेको हो ।

खेलको तेस्रो मिनेटमा नै केनले गोल गर्दै टोटनहृयामलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको १२ औं मिनेटमा इरिक्सेनले गोल गर्दै टोटनहृयामलाई दोब्बर अग्रता दिलाए ।

जित हात पार्ने क्रिममा मिनले खेलको २६ औं मिनेटमा गोल गरेपछि टोटनहृयामले ३(० गोलको अग्रता बनाएको थियो । टोटनहृयामले २१ खेलबाट ४८ अंक बनाएको छ । पराजित कार्डिफको भने २१ खेलबाट १८ अंक मात्रै छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३१ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । Exchange Rate for October

काठमाडौँ, ३० असोज । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ

काठमाडौँ, ३० असाेज । विद्युत व्यापारका निम्ति पहिलोपटक निजी क्षेत्रलाई समेत बाटो खुलेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री