यूएईद्वारा नेपालका बाढी पहिरो पीडितका लागि १ करोड डलर सहयोगको घोषणा

काठमाडाैँ, १२ भदौ ।  संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि १ करोड अमेरिकी डलर बराबरको आपत्कालीन मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ ।

यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नाह्यानको निर्देशनमा उक्त सहायता घोषणा गरिएको हो। बाढी तथा पहिरोका कारण ठुलो जनधनको क्षति हुनुका साथै धेरै नागरिक घाइते तथा बेपत्ता भएको अवस्थामा प्रभावित समुदायलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले सहायता प्रदान गर्न लागिएको यूएईले जनाएको छ ।

विपद्को यस कठिन घडीमा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोगले प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः स्थापनाका प्रयासमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रौतहट, १२ भदौ । बाराको कलैया उपमहानगरपालिका–१४ लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटनामा परी जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको

काठमाडौँ, १२ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही

काठमाडाैँ, १२ भदाै । २०८३ साल भदौ १२ गते शुक्रबारको राशिफल । मेष : दिन राम्रो छ। यात्रा सहज बन्ने

काठमाडौँ, ११ भदाै । ओम नेपाल फाउन्डेसनले बाढी पीडितकाे सहयाेगकाे लागि सरकारले सञ्चालनमा ल्याएकाे खातामा ५० हजार सहयाेग गरेकाे छ