नेपाललाई सहयोग गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पकाे घोषणा

काठमाडाैँ, १२ भदौ । अमेरिकाले विनाशकारी बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति बेहोरेको नेपाललाई सहयोग पठाउने घोषणा गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालमा आएको प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त गर्दै आवश्यक सबै प्रकारका सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन्।

राष्ट्रपति ट्रम्पले नेपाल सरकारसँग सम्पर्क गरी सहयोगको प्रस्ताव गरिएको बताए। उनले विनाशको प्रकृतिको चर्चा गर्दै भने, “हामीले नेपालमा फोन गरेर उनीहरूलाई आवश्यक पर्ने जुनसुकै सहयोग उपलब्ध गराउने प्रस्ताव गरेका छौँ । निकै शक्तिशाली र मजबुत भवनहरू पनि सलाईका काँटी झैँ पखालिएका छन् । यो एकदमै भयानक कुरा हो ।”

नेपालमा आएको भीषण बाढी र पहिरोका कारण हालसम्म करिब ४०० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने झन्डै एक हजार मानिस अझै बेपत्ता छन्। विपद्का कारण ठूला र मजबुत भवनहरू समेत ध्वस्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रौतहट, १२ भदौ । बाराको कलैया उपमहानगरपालिका–१४ लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटनामा परी जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको

काठमाडौँ, १२ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही

काठमाडाैँ, १२ भदाै । २०८३ साल भदौ १२ गते शुक्रबारको राशिफल । मेष : दिन राम्रो छ। यात्रा सहज बन्ने

काठमाडौँ, ११ भदाै । ओम नेपाल फाउन्डेसनले बाढी पीडितकाे सहयाेगकाे लागि सरकारले सञ्चालनमा ल्याएकाे खातामा ५० हजार सहयाेग गरेकाे छ