गायिका रिमालद्वारा अस्ट्रेलियाको तीज कार्यक्रम स्थगित

काठमाडौँ, ११ भदौ । गायिका रचना रिमालले अहिलेलाई अस्ट्रेलियामा आयोजना हुने तीज कार्यक्रम स्थगित गरेकी छन् ।

नेपालमा आएको प्रकृति प्रकोपको कारण उनले साे निर्णय गरेकी हुन् । अस्ट्रेलियाको विभिन्न सहरमा आयोजना हुने तीज विशेष कार्यक्रमका लागि केही दिन पहिले अस्ट्रेलिया पुगेकी उनले नेपालमा आएको प्रकृति प्रकोपबाट दु:खी समेत रहेको बताएकी छन् ।

देशमा बिपत परेको बेला आफूले तीज कार्यक्रम गरेर नाच्नु र नचाउनु राम्रो होइन भनेर उनले यस्तो निर्णय गरेकी छन् । उनले नेपालमा रहेका सबैलाई सुरक्षित रहन समेत अनुरोध गरेकी छन् ।

उनले अर्को सूचना नभएसम्मका लागि कार्यक्रम स्थगित गरेको जानकारी दिएकी हुन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रौतहट, १२ भदौ । बाराको कलैया उपमहानगरपालिका–१४ लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटनामा परी जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको

काठमाडौँ, १२ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही

काठमाडाैँ, १२ भदाै । २०८३ साल भदौ १२ गते शुक्रबारको राशिफल । मेष : दिन राम्रो छ। यात्रा सहज बन्ने

काठमाडौँ, ११ भदाै । ओम नेपाल फाउन्डेसनले बाढी पीडितकाे सहयाेगकाे लागि सरकारले सञ्चालनमा ल्याएकाे खातामा ५० हजार सहयाेग गरेकाे छ