प्रधानमन्त्री कोषमा महजोडीको आर्थिक सहयोग

काठमाडाैँ, ११ भदाै । जनधनको क्षति हुने गरि रसुवाको भोटेकोशीमा बाढी गएपछि अहिले देशभर असहज परिस्थिती छ । डेढसय भन्दा धेरैले ज्यान गएका छन् भने सयौं घाइतेको उपचार भैरहेको छ ।

सरकार उद्धार र राहतमा जुटिरहेको छ । सरकारले विभिन्न बैंक खाताको क्यूआर सेयर गर्दै सघाउन नागरिकहरूलाई अपिल गरिरहेको छ ।

यस परिस्थितीमा कलाकारले पनि आर्थिक सहयोग धमाधम गरिरहेका छन् । मदनकृष्ण र हरिवंश आचार्य, अनमोल केसी, विराज भट्टसहितका प्रशस्तै कलाकारले क्यूआरमार्फत सरकारी खातामा आर्थिक सहयोग गरेका छन् ।

उनीहरूले प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषमा गच्छेअनुसार सघाउन भन्दै बैंक खाताको विवरणदेखि क्यूआर पनि सामाजिक संजालमा सेयर गरिरहेका छन् । पूर्वमिस नेपाल माल्भिका सुब्बा, अभिनेत्री नीता ढुंगाना, गायक प्रमोद खरेलले पनि प्रधानमन्त्री कोषमा रकम सहयोग गरेका छन् ।

हरिवंशले लेखेका छन्, ‘बाडीको बितन्डताले देश रोई रहेको बेला पक्ष बिपक्ष नभनी देश बिदेशमा रहेका नेपालीलाई प्रधानमन्त्री राहत कोषमा आफ्नो गच्छे अनुसार सहयोग गर्न हार्दिक अनुरोध गर्दै हामी (मह) बाट एक एक लाख गरी २ लाख रुपैयाँ कोषमा सहयोग गर्दछौं ।’

अनमोल लेख्छन्, ‘आजको विपत्तिले फेरि सम्झाएको छ । दुःख कसैको ढोका ढकढक्याएर आउँदैन । आज हाम्रा बा, आमा, दाजुभाइ र दिदीबहिनी पीडामा हुनुहुन्छ, भोलि हामी मध्ये जो कोही पनि पीडित हुन सक्छौँ । मैले आफ्नो तर्फबाट सकेको सहयोग गरेको छु । अब तपाईंहरूलाई पनि विनम्र आग्रह गदर्छु । कम सानो वा ठूलो होइन, सहयोगको भावना ठूलो हो । यो कठिन घडीमा पीडित परिवारहरूलाई एक्लो महसुस हुन नदिऔँ ।’

 

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, ११ भदाै । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवा, नुवाकाेट, धादिङ लगायतका क्षेत्रका बाढी पीडितहरूकाे साथमा प्रदेश सरकार रहेकाे

काठमाडौँ, ११ भदौ । सयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो

काठमाडौँ, ११ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार बिहान रसुवाको भोटेकेशी नदीमा आएको बाढीले तटीय क्षेत्रमा भएको विपत्तिमा परेका नागरिकको

काठमाडौँ, १० भदौ । चीनका राष्ट्रपति सी जिनपिङले नेपाल–चीन सीमावर्ती क्षेत्रमा गएको बाढीपहिरोमा बेपत्ता भएका मानिसहरूको खोज तथा उद्धारका लागि निर्देशन