बाढीको वितण्डाबाट बचाउन राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्न सभामुखको निर्देशन

काठमाडौँ, १० भदौ । सभामुख डोलप्रसाद अर्यालले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट भएको ठुलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सभामुख अर्यालले घाइतेहरूको तत्काल उद्धार, बेपत्ताहरूको खोजी र पीडित तथा विस्थापितहरूलाई राहत उपलब्ध गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराए।

उनले भने, ‘यस दुःखद घडीमा राज्यका सम्पूर्ण संयन्त्र नै उद्धार, राहत र प्रभावित नागरिकको सहयोगमा जुट्नुपर्ने अवस्था रहेको छ। बाढी प्रभावित क्षेत्रमा आवश्यक समन्वय र उद्धार कार्यलाई तीव्रता दिन म नेपाल सरकारलाई निर्देशन दिन्छु ।’

मुलुकमा परेको यो ठुलो विपद् र संसद्मा समेत शोकको वातावरण रहेकाले आजको अन्य कार्यसूचीहरू थाती राख्दै सभामुखले प्रतिनिधिसभाको बैठक स्थगित गरेका छन् । प्रतिनिधिसभाको अर्को बैठक आगामी बिहीबार दिउँसो १ बजे बस्ने गरी तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० भदौ । बाढीबाट उत्पन्न परिस्थितिका कारण प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ । बिहीबार दिउँसो १ बजे बस्ने

काठमाडौँ, १० भदौ । रसुवा र नुवाकोटमा बाढीका कारण प्रभावितहरूको उद्धारलाई पहिलो प्राथमिकतामा राखिएको गृहमन्त्री सुधन गुरुङले बताएका छन् ।

काठमाडौँ, १० भदौ । सभामुख डोलप्रसाद अर्यालले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट भएको ठुलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त

काठमाडौँ, १० भदौ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले रसुवाको भोटेकोसी बाढीबारे जानकारी गराएका छन् । उनले सामाजिक