मन्त्री पुनले भोटेकोसी बाढीबारे दिए ८ बुँदामा जानकारी

काठमाडौँ, १० भदौ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले रसुवाको भोटेकोसी बाढीबारे जानकारी गराएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत रसुवामा आएको बाढीबारे आठ वटा बुँदामा जानकारी गराएका हुन् ।

उनले दिएका जानकारी अनुसार– 

१. तिब्बतमा हिमताल फुटेर बाढी आएको ।

२. टिमुरे, रसुवा गढी र स्याफ्रुबेसीमा अत्यधिक क्षति पुगेको ।

३.२०० मेगावाट जति जलविद्युत आयोजनाहरू पूर्ण रूपमा क्षति भएको 

४. उद्धारको लागि ११ वटा हेलिकप्टर खटाइएको ।

५.घाइतेहरूलाई त्रिशूली जिल्ला अस्पतालमा ल्याएर उपचार गर्ने र अरूहरूको लागि धुन्चेमा बस्ने व्यवस्थापन गरेको । 

६. उद्धारको लागि नेपाली सेना, सशस्त्र र जनपद प्रहरी त्यता हिँडेको । 

७. भोटोकोसीकाे शिरतिर बाढी घट्दै छ तर तलतिर बाढी मुगलिन पुग्न लागेको छ । 

८. विपद् व्यवस्थापनको लागि आवश्यक बजेटको व्यवस्था सरकारले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

हेटौडा, १० भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवामा आएको भीषण बाढीपछि विपद् प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा

काठमाडौँ, १० भदौ । रसुवा बाढीपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइएको

काठमाडौँ, १० भदौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सूचना प्रविधि क्षेत्रमा काम गर्ने युवा उद्यमीहरूलाई निर्धक्क भएर स्वदेशमा लगानी बढाउन

काठमाडौँ, १० भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन् ।  सङ्घीय संसद् सचिवालयका