प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम स्थगित

काठमाडौँ, १० भदौ । प्रतिनिधिसभामा आज हुने भनिएको प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ ।

दिउँसो १ बजेदेखि सुरु हुने बैठकमा तय भएको कार्यक्रम मुलुकका विभिन्न जिल्लामा बाढीले पुर्‍याएको क्षतिका कारण स्थगित गरिएको हो ।

तिब्बततर्फबाट आएको भीषण बाढीले विभिन्न जिल्लामा ठुलो क्षति पुर्‍याएपछि प्रधानमन्त्री वालेन्द्र शाह विपद्पछिको खोज, उद्धार र राहतका विषयमा विभिन्न संयन्त्रसँगको छलफलमा व्यस्त छन् । विपद्को संवेदनशील समयमा अन्य विषयमा छलफल नगर्ने गरी प्रश्नोत्तर कार्यक्रम स्थगित गर्न लागिएको हो । 

प्रश्नोत्तर कार्यक्रम स्थगित भए पनि संसद्मा विपद्को विषयमा भने छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

हेटौडा, १० भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवामा आएको भीषण बाढीपछि विपद् प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा

काठमाडौँ, १० भदौ । रसुवा बाढीपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइएको

काठमाडौँ, १० भदौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सूचना प्रविधि क्षेत्रमा काम गर्ने युवा उद्यमीहरूलाई निर्धक्क भएर स्वदेशमा लगानी बढाउन

काठमाडौँ, १० भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन् ।  सङ्घीय संसद् सचिवालयका