लोकतन्त्रको प्रवर्धनमा सामुदायिक रेडियोको भूमिका विश्वमै अनुकरणीय : राष्ट्रपति पौडेल

काठमाडौँ, १० भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक सद्भाव, एकता, मेलमिलाप र समावेशी लोकतन्त्रको प्रवद्र्धनमा सामुदायिक रेडियोले खेलेको भूमिका नेपालमा मात्र होइन, विश्वस्तरमै अध्ययन र अनुकरणको विषय बनेको धारणा व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले एसिया प्रशान्त प्रसारण विकास संस्था एवम् सामुदायिक रेडियो प्रसारक संघका पदाधिकारीहरूसँग बुधबार शीतल निवासमा भएको भेटघाटमा सो धारणा व्यक्त गर्नुभएको हो । “नेपालको दूरदराजसम्म सामुदायिक रेडियोले समुदायको भाषा र संस्कृति संरक्षण एवम् नागरिकलाई सुसूुचित गराउन खेलेको भूमिकाको म प्रशंसा गर्न चाहन्छु”, उहाँले भन्नुभयो ।

नेपालको प्रसारण क्षेत्रको कुरा गर्दा सामुदायिक रेडियोको योगदानलाई विशेष रूपमा उल्लेख गर्न चाहन्छु भन्दै उहाँले स्थापनाकालदेखि नै नेपालका सामुदायिक रेडियोहरूले राजनीतिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनका विभिन्न चरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । “ यसले नेपालको बहुभाषिक, बहुसांस्कृतिक र विविधतापूर्ण समाजको प्रतिनिधित्व गर्नुका साथै लोपोन्मुख भाषा तथा संस्कृतिको संरक्षण र प्रवद्र्धनमासमेत महत्वपूर्ण योगदान पु¥याएको छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

रेडियो अब रेडियो सेटमा मात्र सीमित छैन र टेलिभिजन अब टेलिभिजनको पर्दामा मात्र सीमित नभएको उहाँको भनाई थियो । “आज समाचार मोबाइल फोनमा छ, पोडकास्टमा छ, सामाजिक सञ्जालमा छ, डिजिटल प्लेटफर्ममा छ र कृत्रिम बौद्धिकताले तयार पार्ने तथा वितरण गर्ने नयाँ माध्यमहरूमासमेत पुगिरहेको छ”, उहाँले भन्नुभयो ।

एसिया प्रशान्त प्रसारण विकास संस्थाको २४ औं साधारण सभा तथा एसिया प्रशान्त क्षेत्रीय मिडिया कार्यशाला काठमाण्डौमा आयोजना भएको र यसले बाल पोषणमा सञ्चारको भूमिका, संसदीय अभ्यास, डिजिटल शुसासन र प्रसारणमा एआई तथा नयाँ प्रविधिको रुपान्तरणको विषयमा छलफल गरेर एसियाका प्रशारकहरूको अबको मार्गदर्शन तयार पारेको थाहा पाउँदा खुसी लागेको उहाँले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवामा अप्रत्याशित र आकस्मिक रूपमा आएको बाढीका कारण स्थिति गम्भीर र

काठमाडौँ, १० भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रसुवामा आएको बाढीले गरेको ठूलो क्षति गरेकोप्रति दुःख व्यक्त गरेका

काठमाडौँ, १० भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रसुवामा आएको बाढीका कारण उत्पन्न विपद्को घडीमा नागरिकको

काठमाडौँ, १० भदौ । युरोपियन युनियनको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल परियोजना अन्तर्गत तीन प्रदेशका नौ स्थानीय तहको फोहोरमैला