नेप्से परिसूचकमा सामान्य गिरावट

काठमाडौँ, ९ भदौ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट देखिएको छ ।

आज नेप्से परिसूचक ५.३० अंकले घटेर २५९४.२७ विन्दुमा पुगेर बन्द भएको छ । आजको कारोबारमा अवधिभर दोहोरो अंकले तल रहे पनि अन्तिम समयमा बजार बढ्दा एकल अंकको गिरावट सीमित भएको हो ।

दिनभर कुल ३५७ वटा कम्पनीको १ करोड ४४ हजार खरिदबिक्री भए। यसबाट कुल ४ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

आज बजारमा ७८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १८७ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ। १२ वटा कम्पनीको मूल्य भने स्थिर रह्यो।

आज सर्वोत्तम पेन्टस र क्रेष्ट माइक्रो लाइफको सेयर मूल्यमा करिब १५ प्रतिशतको उछाल आएको छ। यस्तै नाडेप लघुवित्त, एभरेष्ट कलर र कालिञ्चोक हाइड्रोपावर पनि सर्वाधिक कमाउनेको सूचीमा रहेका छन्। धवलागिरी लघुवित्तको मूल्य दोहोरो अंकको गिरावट सहित सर्वाधिक गुमाउने कम्पनी बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देश, समाज र जनताको हित हुने गरी सत्य र तथ्यमा आधारित

काठमाडौँ, ९ भदौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) कालो चस्मा लगाएरै संसद्मा जाने सूचना दिएका छन् । प्रधानमन्त्री शाहको सचिवालयले प्रधानमन्त्रीले

काठमाडौँ, ९ भदौ । राष्ट्रिय सभाको बैठकले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ लाई

सुनसरी, ९ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले कोशी नदीको कटानबाट धार्मिक तथा सांस्कृतिक धरोहर बराहक्षेत्रलाई