काठमाडौँ, ८ भदौ । आज सेयरबजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ ।
आज १९.१३ अंकले घटेर नेप्से २५९९.५८ अंकमा बन्द भएको हो । कारोबार सुरु भएसँगै घटेको बजारले दिनभर निरन्तरता पाउँदा अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।
यो दिन कुल ३५० वटा कम्पनीको ८५ लाख ७२ हजार कित्ता सेयर ३ अर्ब २३ करोडमा किनबेच भयो । जसमा ४७ वटाको बढ्दा २२९ वटाको मूल्य घटेको हो ।
यो दिन सर्वोत्तम पेन्ट्सको १४.९९ प्रतिशतले मूल्य बढ्दा धौलागिरी लघुवित्त वित्तीय संस्थाको ११.९८ प्रतिशतले मूल्य बढेको छ ।






