राहुघाट जलविद्युत् आयोजनाले थाल्यो विद्युत् उत्पादन परीक्षण

म्याग्दी, ८ भदौ । म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ ।

नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको भौतिक निर्माण र उपकरण जडानको काम सकिएको हो । रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले राहुघाट जलविद्युत् आयोजना विद्युत् उत्पादनको तयारीमा रहेको जानकारी दिए ।

बाँध, डिसेन्डर, सुरुङ, स्विचयार्डको परीक्षण सफल भइसकेको छ । २० मेगावाट क्षमताको एक वटा ‘युनिट’को परीक्षण पनि सकिएको छ । अर्को २० मेगावाटको युनिटको पनि आइतबारदेखि परीक्षण थालिएको छ ।

एक हप्तादेखि १० दिनसम्म परीक्षण गर्न लाग्ने र त्यसपछि विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यसहित तीव्र गतिकाब साथ काम भइरहेको प्रबन्धक केसीले जानकारी दिए ।

भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसियट्स (जेपी)ले ४५ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित २०१७ नोभेम्बर १७ (२०७४ मङ्सिर ६ गते) छ अर्ब रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सन् २०२२ फेब्रुअरीमा पहिलो, सन् २०२२ फेब्रुअरीमा दोस्रो र २०२५ नोबेम्बरसम्मका लागि तेस्रो पटक म्याद थपिएको थियो । चौथो पटक थपिएको समयभित्र आयोजना सम्पन्न हुन लागेको हो ।

राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी कोरिडोरअन्तर्गत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा लिलो माध्यमबाट जोडिने छ । चार टावर र प्रसारण लाइन पनि बनिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ भदौ । हुम्लाकाे ताँजाकाेट गाउँपालिकाकाे कार्यालय आगलागी भएकाे छ । राति १ बजेकाे समयमा ताजाँकाेट गाउँपालिका कार्यालय आगलागी भएकाे

काठमाडौँ, ८ भदौ । प्रहरीले गोप्य सूचनाका आधारमा लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय

काठमाडौँ, ८ भदौ । जङ्गलमा लुकाई छिपाइ राखेको एक थान कटुवा पेस्तोल जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बरामद गरेको छ ।

काठमाडौँ, ८ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ