दिल्लीसहित ६ राज्यमा स्वाइन फ्लु फैलियो

दिल्ली, ८ भदौ । भारतका दिल्लीसहित कम्तीमा ६ राज्यमा स्वाइन फ्लु अर्थात् एच१एन१ भाइरसको सङ्क्रमण बढेपछि स्वास्थ्य निकायहरूले सतर्कता अपनाएका छन् । 

सङ्क्रमण बढ्दै गएपछि उत्तराखण्ड, हिमाचल प्रदेश, हरियाणा र पञ्जाबसहितका राज्यले स्वास्थ्यसम्बन्धी परामर्श जारी गर्दै अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

दिल्लीमा यस वर्ष हालसम्म इन्फ्लुएन्जा–ए का २ हजार ३ सय ९२ सङ्क्रमित भेटिएका छन् । तीमध्ये १ हजार ७ सय ७७ जनामा एच१एन१ अर्थात् स्वाइन फ्लु पुष्टि भएको छ । गत वर्ष यही अवधिमा एच१एन१ का २ सय २९ सङ्क्रमित मात्रै भेटिएका थिए । यस आधारमा दिल्लीमा स्वाइन फ्लुका बिरामीको सङ्ख्या करिब आठ गुणाले बढेको देखिएको छ ।

अगस्ट २० मा मात्रै दिल्लीमा १ सय १४ नयाँ एच१एन१ सङ्क्रमित भेटिएका थिए । यसबाहेक एच३ का १ सय ३८ र एच१ का ३७ सङ्क्रमित पनि पुष्टि भएका छन् । उत्तर प्रदेशमा ३ सय ३७, हरियाणामा १ सय १९ र पञ्जाबमा ९३ जना स्वाइन फ्लु सङ्क्रमित भेटिएका छन् । उत्तर प्रदेशमा अगस्ट २० सम्म पुष्टि भएका संक्रमितमध्ये धेरैजसो राष्ट्रिय राजधानी क्षेत्र आसपासका रहेका छन् । मेरठ, गाजियाबाद र गौतमबुद्ध नगरका ११ सङ्क्रमित उपचाररत रहेको जनाइएको छ ।

महाराष्ट्रको मुम्बईमा पनि अगस्ट १५ सम्म एच१एन१ का ३ सय ९ सङ्क्रमित भेटिएका छन् । गत वर्ष सोही अवधिमा ७२ सङ्क्रमित मात्रै थिए । यस वर्ष मुम्बईमा सङ्क्रमितको सङ्ख्या चार गुणाभन्दा बढी भएको छ । छत्तीसगढमा पनि एक सङ्क्रमित भेटिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

जनकपुरधाम, ९ भदौ । मधेश प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३ मा उद्योग र वाणिज्यतर्फका एक हजार ९३८उद्योग व्यापार बन्द भएका

काठमाडौँ, ९ भदौ । भोजपुरमा कोदोको खेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ । खेतीका लागि उपयुक्त जमिन र हावापानी

काठमाडौँ, ९ भदौ । बागलुङमा पछिल्लो दुई महिनामा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढेर ६४६ पुगेको छ । स्वास्थ्य कार्यालय बागलुङका अनुसार

काठमाडौँ, ९ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Currency Unit