गिनीमा फोहोरको थुप्रो घरमाथि ढल्दा कैयौँ व्यक्तिको मृत्यु भएको आशङ्का

एजेन्सी, ८ भदौ । गिनीको राजधानी कोनाक्रीमा आइतबार बिहानै भारी वर्षापछि ‘ल्यान्डफिल’को फोहोरको थुप्रो छिमेकी घरहरूमाथि ढल्दा कैयौँ व्यक्तिको मृत्यु भएको प्रत्यक्षदर्शी र जिल्ला प्रमुखले एएफपीलाई बताएका छन् ।

मृत्युको यकिन सङ्ख्या दिइएको छैन । घटना भएको दार–ए–सलाम उपनगरका प्रमुख लान्सिने सिल्लाले ठुलो सङ्ख्यामा मृत्यु भएको हुनसक्ने आशङ्का व्यक्त गरे । “हामीले १८ मृत शरीर निकालेर मोर्गमा लगेका छौँ,” उनले एएफपीसँग भने ।

घटनास्थलमा पुगेकी गिनीकी क्षेत्रीय प्रशासन मन्त्री जेनाबु टौरेले खोज तथा उद्धार अभियान सकिएपछि आधिकारिक सङ्ख्या दिने बताइन् । सरकारले हालैका दिनहरूमा ढल्ने खतराका कारण त्यहाँबाट मानिसहरूलाई सर्न र सुरक्षा उपाय अपनाउन आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

जनकपुरधाम, ९ भदौ । मधेश प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३ मा उद्योग र वाणिज्यतर्फका एक हजार ९३८उद्योग व्यापार बन्द भएका

काठमाडौँ, ९ भदौ । भोजपुरमा कोदोको खेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ । खेतीका लागि उपयुक्त जमिन र हावापानी

काठमाडौँ, ९ भदौ । बागलुङमा पछिल्लो दुई महिनामा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढेर ६४६ पुगेको छ । स्वास्थ्य कार्यालय बागलुङका अनुसार

काठमाडौँ, ९ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Currency Unit