रूसले युक्रेनमा ड्रोन आक्रमण गर्दा १५ जनाको मृत्यु

एजेन्सी, ६ भदौ । रूसले युक्रेनको क्रिभी रिह सहरमा गरेको ड्रोन आक्रमणमा १५ जनाको मृत्यु भएको छ । क्रिभी रिह सहरमा अवस्थित एक सपिङ सेन्टरमा भएको आक्रमणमा १५ जनाको मृत्यु भएको हो ।

स्थानीय अधिकारीका अनुसार आक्रमणमा १३० जना घाइते भएका छन् । घाइते हुनेमा २३ जना बालबालिका रहेका छन् । कयौं मानिसहरू अहिले पनि भवनको भग्नावशेषमा पुरिएको आशंका गरिएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले आफ्नो गृहनगरमा भएको उक्त हमला दिउँसो दुई चरणमा गरिएको बताएका छन् । उनले हमलालाई अत्यन्तै निन्दनीय घृणायुक्त भनेका छन् ।

जेलेन्स्कीले पहिलो आक्रमणमा परेकाहरूको उद्दारमा खटिएका उद्दारकर्मीलाई लक्षित गरेर दोस्रो ड्रोन आक्रमण गरिएको दाबी पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा

काठमाडौँ, ७ भदौ । २०८३ साल भदौ ७ गते आइतबारको राशिफल । मेष : आज गुम्न लागेको धन प्राप्त हुनेछ।

काठमाडौँ, ६ भदौ । चितवन, खैरहनी नगरपालिका –०१ तरकारी चोकस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा बस र मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका

काठमाडौँ, ६ भदौ । पहिरोका कारण पोखरा–सिक्लेस सडक अवरुद्ध भएको छ । गएरातिदेखिको अविरल वर्षाका कारण कास्कीको मादी गाउँपालिका–१, पदुखोला क्षेत्रमा