रूसले युक्रेनमा ड्रोन आक्रमण गर्दा १५ जनाको मृत्यु

एजेन्सी, ६ भदौ । रूसले युक्रेनको क्रिभी रिह सहरमा गरेको ड्रोन आक्रमणमा १५ जनाको मृत्यु भएको छ । क्रिभी रिह सहरमा अवस्थित एक सपिङ सेन्टरमा भएको आक्रमणमा १५ जनाको मृत्यु भएको हो ।

स्थानीय अधिकारीका अनुसार आक्रमणमा १३० जना घाइते भएका छन् । घाइते हुनेमा २३ जना बालबालिका रहेका छन् । कयौं मानिसहरू अहिले पनि भवनको भग्नावशेषमा पुरिएको आशंका गरिएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले आफ्नो गृहनगरमा भएको उक्त हमला दिउँसो दुई चरणमा गरिएको बताएका छन् । उनले हमलालाई अत्यन्तै निन्दनीय घृणायुक्त भनेका छन् ।

जेलेन्स्कीले पहिलो आक्रमणमा परेकाहरूको उद्दारमा खटिएका उद्दारकर्मीलाई लक्षित गरेर दोस्रो ड्रोन आक्रमण गरिएको दाबी पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ कार्तिक । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गाजरीमा जुवातास खेलिरहेको अवस्थामा केशव समेत ८ जना पक्राउ परेका छन् । प्रहरीका

काठमाडौँ, ८ कार्तिक । सप्तकोशी नदीमा भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। एक जना घाइते

काठमाडौँ, ८ कार्तिक । दसैंको मुख्य अवधि १ देखि ८ कात्तिकसम्म ८ दिनमा काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा झन्डै

काठमाडौँ, ८ कार्तिक । सरकारले बाढीको पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै हिमताल विस्फोटको जोखिम न्यूनीकरण गर्न ६ ओटा प्रमुख नदी