बागमतीका मुख्यमन्त्री थापाले लिए पद तथा गोपनीयताको शपथ

मकवानपुर, ४ भदौ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । 

नेपालको संविधानको धारा १६८ को २ बमोजिमको सरकारको नेतृत्व गरेका थापालाई प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । एमाले, नेकपा र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा बनेका थापालाई ६३ सांसदको समर्थन रहेको छ । थापालाई एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ सांसदको समर्थन रहेको छ।

शपथ ग्रहणसंगै उनले भने, ‘यो पद मेरो लागि सम्मानभन्दा बढी जिम्मेवारी हो, अधिकारभन्दा बढी कर्तव्य हो, र अवसरभन्दा बढी जनसेवाको संकल्प हो । बागमती प्रदेशका हरेक नागरिकको सुख, सम्मान र समृद्धिलाई आफ्नो जिम्मेवारी ठान्दै, विश्वासलाई परिणाममा, आशालाई उपलब्धिमा र संकल्पलाई समृद्धिमा बदल्ने यात्रामा आजैदेखि अघि बढ्नेछु ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ भदौ । सुर्खेतको बराहताल गाउँपालिका–७, नयाँवनस्थित भित्री सडकखण्डमा सडक निर्माणको काम गर्दै गरेको जेसीबी मेसिन चालकसहित भिरमा खसेको

काठमाडौँ, ४ भदौ । संखुवासभामा एक महिनामा ११ जना फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले चालु आर्थिक वर्षको

पोखरा, ४ भदौ । प्रोटिन सचेतना, पोषण, शारीरिक तन्दुरुस्ती र स्वस्थ जीवनशैलीलाई एकसाथ जोड्दै पोखरामा ‘राइट टु प्रोटिन रन–२०२६’ आयोजना

काठमाडौँ, ४ भदौ । दाङको घोराही उपमहानगरपालिका-७ स्थित बेसाहीमा ट्याक्टर र अटो एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य